दार्चुलामा अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि तनाव, दुई जना पक्राउ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि तनाव सिर्जना भएको छ ।

शनिबार राति शैल्यशिखर नगरपालिका- १ कि २७ वर्षीया गर्भवती महिला सुत्केरी हुने क्रममा नवजात शिशुको ज्यान भएपछि अस्पतालमा तनाव सिर्जना भएको हो । यसक्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अस्पतालको लापरबाहीका कारण ज्यान गएको भन्दै उनका आफन्त आन्दोलित बनेका छन् । आइतबार दिउँसो गोकुलेश्वर अस्पताल प्रशासन, प्रहरी, पीडित पक्ष र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय सुरेन्द्रबहादुर बिष्टबीच घटनाबारे छलफल चलिरहेका झडपको स्थिति सिर्जना भएको हो ।

छलफलका बेला पीडित महिलाका आफन्त बैतडीको डिलाशैनी गाँउपालिका- ६ चौसेराका नरेन्द्र नाथ र लोकेन्द्र नाथले चिकित्सक तथा अस्पतालमाथि भौतिक आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ।

तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन दुबैजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

पीडित पक्षका आफन्तले नवजात शिशुको मृत्यु अस्पतालको लापरबाहीले भएको हुँदा अस्पताल प्रशासनसंग लिखित रुपमा माफि माग्न माग गरिरहेका छन् । अस्पतालले भने उक्त घटनामा स्वास्थ्यकर्मीको कमजोरी नरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *