कांग्रेस केन्द्रीय समिति बैठकअसार ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक असार ३ गते (आगामी विहीबार) बस्ने भएको छ । शनिबार बसेको शीर्ष नेताहरुको बैठकपछि सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न  बैठक बोलाएकाे नेपाली कांग्रेसले जनाएको छ ।

असार ३ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकले चाैधाैँ महाधिवेशनको पुर्वतयारीका विषयमा निर्णय गर्नेछ ।

शनिबार बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे साझा प्रस्ताव तयार गरेको र त्यसमाथि थप छलफल गरी महामारीका बेला कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने सह–महामन्त्री डा.प्रकाशसरण महतले बताए ।

शनिबारको शीर्ष नेताहरुको बैठकले, भदौ ७ देखि १० गतेसम्मका लागि तोकिएको महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्नेगरि नयाँ मिति प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *