कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरिने

काठमाडाैं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको छ। शनिबार बसेको कांग्रेस पदााधिकारीको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरि कार्यतालिका हेरफेर गर्ने सहमति गरेको हो । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने  साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गरिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

महाधिवेशन यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने तय गरिएको थियो। तालिका अनुसारका काम भइनरहेकाे र काेराेनाकाे महामारीलगायत कारणले ताेकिएकाे समयमा महाधिवेशन हुनेमा शंका उत्पन्न भइरहेका बेला महाधिवेशनकाे मिति ९ दिन सार्ने सहमति गरिएको हो ।

बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *