नरोत्तमलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडाैँ । नेपाली कांग्रेसले वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञाप्ति जारी गर्दै वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन गरिसकिएको जनाएका हुन् ।

यो पनि

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन् : प्रवक्ता शर्मा

नरोत्तम वैद्यको अभिव्यक्ति स्वीकार्य छैन : गगन थापा

‘वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ ।’

हेर्नुहोसु विज्ञप्ति :-

शुक्रबार वाग्मती प्रदेश सभा बैठकमा बोल्दै सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै कसैले ‘नाथुराम गोड्से बन्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । यसको सबै राजनीतिक दलका नेताहरू विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *