संसद् भवनमा छलफल

सभामुख बाहिरिए, नेताहरुबीच छलफल जारी

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा छलफल सकेर बाहिरिएका छन् । सभामुख सापकोटाले शुक्रवार (आज) पूर्वप्रधानमन्त्री तथा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरेका थिए । बैठकमा के विषयमा छलफल भयो भन्नेबारे कोही नेताहरुले बोलेका छैनन् । सभामुख सापकोटाले पनि प्रतिक्रिया दिएनन् ।

सभामुख सापकोटा बाहरिएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत भने छलफलमै छन् । खासगरी पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन बनाएका दलका यी नेताहरुबीच विशेष छलफल भइरहेको बताइएको छ ।

सभामुखसँगको आजको छलफलमा प्रतिनिधि सभा विघटनपछि सिर्जित राजनीतिक समस्या र भावी रणनीतिबारे छलफल भएको भनिएपनि सार्वजनिक रुपमा कोही नेताहरुले बोलेका छैनन् । आजको बैठकमा प्रधानमन्त्री ओलीसमेतलाई बोलाइएको थियो । तर, उनी उपस्थित भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *