जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, दुईजना घाइते

विराटनगर । जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा सोलुखुम्बुमा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

विद्युतको मेन तारमा जेसिबीले छुइन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका-५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङ्जाका २३ वर्षीय राम परियार रहेका छन् ।

घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका-८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुबाट गएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *