पोखरीमा नुहाउन जाँदा डुबेर पाँच बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर एकैचोटी पाँच बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया- ६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मध्याह्न साढे १२ बजेतिर पोखरीमा नुहाउन गएका पाँचै बालिकाहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ ।

गाउँको पाँच बालिकाको एकैपटक पोखरीमा डुबेर ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *