ढुङ्गा गिट्टी निकासी गर्ने निर्णय फिर्ता लिन ट्रान्सपरेन्सीकाे माग

काठमाडाैँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले बजेटमार्फत् गरेको ढुङ्गा, गिट्टी, बालुवाको निकासी गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई), नेपाल ले सरकारको उक्त निर्णयले चुरे क्षेत्रको मात्र नभई मुलुककै वातावरणमा समस्या देखिने भन्दै फिर्ताको माग गरेको हो ।

टिआई, नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा विज्ञप्तिमा भनिएको छ, ‘चुरे दोहनले नेपाललाई मात्रै होइन, छिमेकी देश भारतको गंगा बेसिन क्षेत्रमासमेत नकारात्मक असर पुर्‍याउन सक्ने देखिन्छ ।’ चुरे दोहन हुँदा जलवायुमा प्रतिकूल असर पर्ने, बाढीपहिरो, तराईको उर्बर भूमिलाई मरुभूमिकरण गर्ने र समग्र जैविक विविधतामा नै प्रतिकूल प्रभाव पार्ने विज्ञप्तिमा जनाइएको छ ।

‘ढुंङ्गा, गिट्टी, बालुवाको उत्खननबाट एकपटक मुलुककाे पर्यावरण बिग्रियो भने, पछि फेरि सपार्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले व्यापार घाटा कम गर्ने नाममा मुलुकलाई दीर्घकालिन प्रभाव पार्ने निर्णय फिर्ता लिइयोस् भनी सरकारसँग ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *