काठमाडौँ महानगर: दुई दिनअघि नै रोकियो खोप अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भने, ‘स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट शुक्रबारदेखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।’

तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

प्रतिक्रिया

One thought on “काठमाडौँ महानगर: दुई दिनअघि नै रोकियो खोप अभियान

  1. हे नेपाल सरकार तिमीहरूलाई राजनीति मात्र गर्न आउछ कि जनताको स्वास्थलाई पनि केही सोचेका छौ। लाज लाग्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *