नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ल्याएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाकाे इजलासले तत्कालका लागि अध्यादेश कार्यान्वयन अन्तरिम आदेश जारी गरेको हो ।

यो आदेशसँगै तत्कालका लागि नागरिकता अध्यादेश कार्यान्वयन नहुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेय गत जेठ ९ गते ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ जारी गरेकी थिइन् । प्रतिनिधि सभा विघटन गरेपछि जसपाकाे एक पक्षलाई सरकारमा ल्याउने उद्देश्यले जारी गरेको उक्त अध्यादेशविरुद्ध सर्वाेच्चमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

One thought on “नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

Leave a Reply to Sital Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *