मेन्छ्यायेमकाे पालिका गायन प्रतियोगिताका विजेता पुरस्कृत

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले पालिका गायन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा प्रथम हुनेमा गौखुरी माविका शिक्षक विष्णुकुमार खापुङ, मेन्छयायेम- ६ का नरेन्द्र खापुङ संयम दोस्रो र पञ्चकन्या आधारभूत विद्यालयका शिक्षक दिलकुमारी रिमाल तेस्रो भइन् ।

पुरस्कृत प्रतियोगीहरुलाई गाउँपालिकाका अध्यक्ष यादव खापुङ्ले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको गौखुरी माविका शिक्षक कमल सापकोटाले जानकारी दिए ।

यी गीतहरु रेकर्ड गरेर पालिका गानका रुपमा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

One thought on “मेन्छ्यायेमकाे पालिका गायन प्रतियोगिताका विजेता पुरस्कृत

Leave a Reply to कमल राई Cancel reply

Your email address will not be published. Required fields are marked *