बालबालिकामा देखापर्ने मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमबारे जान्नैपर्ने कुरा

काठमाडौं । मल्टी सिस्टम इन्फलेमेटरी सिन्ड्रोम कोरोना संक्रमित बालबालिकाको मुटु फोक्सो, मिर्गौला, छाला तथा आँखाजस्ता अगंहरू सुनिने समस्या हो ।

यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्न स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित अथवा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा अथवा यीमध्येका दुई/तीन लक्षण देखापरेमा तत्काल अस्पताल लैजानुपर्ने जनाइएको छ ।

लक्षणहरु
आँखा रातो हुनु
श्वास फेर्न गाह्रो हुनु
घाँटी तथा पेट दुख्नु
ज्वरो आउनु, पखाला लाग्नु
छाला/नङ तथा ओठ निलो हुनु
शरीरमा डाबर आउनु
थकान महसुस हुनु

यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको जनाएको छ । त्यसकारण यस्तो समस्या आउन नदिन जनस्वास्थ्य मापदण्डका पालन गर्नुपर्ने मन्त्रालयले आग्रह गरेको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *