ओलीलाई नेपालको सर्त : प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुस्

काठमाडौं । विपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले ‘पार्टी एकताका लागि’ जारी गरेको ६ बुँदे प्रस्तापछि बसेकाे नेपाल पक्षको स्थायी समितिकाे बैठकले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र यसाे गरे विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेकाे हस्ताक्षर स्वत: फिर्ता हुने र मुद्दा आफैं निस्क्रिय हुने निष्कर्ष निकालेको छ ।
नेता बेदुराम खनालले मकालुखबरसँग भने- ‘ओलीजीले हामीलाई सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिनु भनेर भन्नुभएको छ । हामीले हस्ताक्षर फिर्ता लियौँ भने उहाँले पनि संसद् विघटनको निर्णय फिर्ता लिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *