मार्क्सको खेती [कविता]

तल तल तहेखाना बनायो
वेश्यालय चलायो
माथि माथि पार्टी बनायो
मुलुक चलायो
क्या गजबको देश
क्या गजब भो देश

मुलुकको मुखिया पनि आफैँ
वेश्यालयको दलाल पनि आफैँ
दलाल र मुखियाको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश ।

तल तल तहेखाना बनायो
रामनामी चलायो
माथि माथि हँसिया हथौडा बनायो
मार्क्सवाद चलायो
क्या गजबको देश
क्या गजब भो देश

रामको हनुमान पनि आफैँ
मार्क्सको लेनिन पनि आफैँ
लेनिन र हनुमानको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश

तल तल ताहेखाना बनायो
लेन्डुपवाद चलायो
माथि माथि भीमसेनको मूर्ति बनायो
राष्ट्रियता चलायो
क्या गजबको देश
क्या गजब भो देश

भीमसेन पनि आफैँ
लेन्डुप पनि आफैँ
भीमसेन र लेन्डुपको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश ।

तल तल ताहेखाना बनायो
पुँजीवाद चलायो
माथि माथि हँसिया हथौडा बनायो
लालसत्ता चलायो
क्या गजबको देश
क्या गजब भो देश

सर्वहाराको मार्क्स पनि आफैँ
पुँजीवादको मार्सल पनि आफैँ
मार्क्स र मार्सलको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश
गान्धारीको पट्टी खुल्ने
एक दिन होला देश ।।

प्रतिक्रिया

5 thoughts on “मार्क्सको खेती [कविता]

  1. १२ बुदे दिल्ली समझौता गराई
    जनयुद्ध पनि सकायौ
    सर्वहाराको नारा घनकाई
    नेपाली जनलाई जवर्जस्ती
    गणतन्त्रको स्वाद पनि चखायौ !
    साह्रै राम्रो समय सान्दर्भिक व्याख्यात्मक कविता पस्किनु भएकोमा बधाई का साथै धन्यवाद निभा जी !

  2. सुन्दर कविता । एउटा सचेत र दुरदर्शी स्रष्टाको मर्मस्पर्शी गहिरो पीडा ….

  3. एउटा सटिक समसामयिक यथार्थवादी कबिता। यस्तै रहेछ यहाको चलन भन्न छोडेर तिनीहरुको ढाड सेक्नु पर्ने हो।

Leave a Reply to Pushkar Dev Cancel reply

Your email address will not be published. Required fields are marked *