प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज ३:३० बजे समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा
देशवासीका नाममा सम्बाेधन गर्नुहुने जानकारी गराउन चाहन्छु । सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएकाे छ‚’ थापाले लेखेका छन् ।

प्रतिक्रिया