आमाले टिभीबाट पाइन् छोराको मृत्युको खबर

काठमाडाैं । महानदीको किनारमा अवस्थित पाण्डरपानी गाउँका सडकहरूमा सन्नटा छाएकाे छ । फाट्टफुट्ट गुड्ने  मोटरसाइकलहरू र प्रहरीकाे गाडीले सन्नटा ताेडिरहेका छन् ।

गाउँका केही महिलाहरू सडकको अन्तिम घरमा प्रवेश गर्छन् अनि सुरू हुन्छ सामूहिक रूवाइ ।

यो घर रमेश कुमार जुरीको हो । डिस्ट्रिक्ट रिजर्भ गार्डका प्रधान आरक्षक ३५ वर्षीय रमेश कुमार जुरी शनिबार विजापुरमा माओवादीसँगको भिडन्तमा मारिए ।

उनको शव अझै गाउँमा पुगेको छैन ।

घरअगाडी तीन-चार जना प्रहरी उभिएका छन् । एक जवान भन्छन्- ‘अहिले जगदलपुरमा उनकाे अन्तिम बिदाइ गरिनेछ । त्यसपछि हेलिकप्टरबाट काँकेर हुँदै सडकमार्गबाट पाण्डरपानी ल्याइनेछ । सायद अबको दुई घण्टामा शव आइपुग्नेछ ।’

पाण्डरपानी गाउँ काँकेर ज़िला मुख्यालयबाट 35 किलोमिटरकाे दुरीमा छ ।

करिब एक हजार नाै सय जनसंख्या गाउँकाे एक खुल्ला ठाउँमा जम्मा भएकाे छ । छिमेकीहरू रमेशकाे घरमा गइरहेका छन् ।

रमेशका कान्छा भाइ सञ्जय जुरी व्यस्त छन् । उनी भाइकाे अन्तिम संस्कारकाे तयारीमा गरिरहेका छन् । अन्तिम संस्कारका लागि घर नजिकै खाडल खन्ने काम चलिरहेकाे छ ।

अक्टाेबर २००५ मा पीता मेघनाथकाे निधन पश्चात् सञ्जय गाउँमा नै खेतीपातीका काम गर्दै आएका थिए । गाउँमा लगभग नाैएकड खेती छ । उनकाे दुई बहिनी छन्, जसकाे नजिकैकाे गाउँमा बिवाह भइसकेकाे छ । रमेश आफ्नी पत्नी सुनीता र छाेरी सेजलसँगै बीजापुरमै बस्दै आएका थिए ।

थिए सञ्जयका दाजु अर्थात् रमेशकाे निधनकाे खबर छिमेकी एक महिलाले दिएकी हुन् । सञ्जय भन्छन्- ‘सुरूमा त पत्याउनै कठिन भयाे । पछि टिभीमा समाचार हेर्याैँ । हामी दुई भाइ थियाैँ, अब म एक्लाे भएँ । दाजु नै घर व्यवहार सम्हाल्थे । अन्तिम पटक हाेलीकाे करिब तीन दिनपछि फाेनमा कुराकानी भएकाे थियाे । उनी आमालाई लिएर चिन्तित थिए ।’

सञ्जयका अनुसार रमेशकाे पहिलेदेखि नै पुलिसमा भर्ती हुने इच्छा थियाे । माओवादी प्रभावित इलाकामा थिए उनी, त्यसैले मनमा डर भइरहन्थ्याे । परिवारले अरू नै काम गराउन काेशिस गर्याे तर रमेशले मानेनन् ।

रमेशकी आमा सत्यवती र पत्नी सुनीता राेएकाे राेयै छन् । दुवैलाई घरमा आएका अन्य महिलाहरूले ढाडस दिइरहेका छन् ।

बीबीसी हिन्दीबाट अनुवादित

प्रतिक्रिया