मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठक बसिरहेको छ ।

थापाले बैठकको एजेण्डबारे भने केही भनेनन् । बैठकमा खास रुपमा के विषयमा छलफल हुन्छ ? भन्ने जिज्ञासमा थापाले भने– ‘बैठकपछि थाहा पाइहाल्नुहुन्छ । बैठक चाहिँ अहिले पनि बसिरहेको छ ।’

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी हुँदा यता विपक्षी एमालेले पनि स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा यसअघि पार्टी अध्यक्ष ओलीले गरेको कारबाहीबारे छलफल हुने र रणनीति बनाइने एक नेताले मकालु खबरलाई जानकारी दिए । ‘खासगरी हामीले कारबाहीपछिको अवस्थाका बारेमा छलफल गर्छौँ भनेका छौँ,’ ती नेताले भनेका छन् ।

यसअघि ओलीले विपक्षी एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यबाटै कारबाही गरेका थिए ।

 

 

प्रतिक्रिया