अब कांग्रेस नेतृत्वको सरकार बन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसकाे नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कोइरालाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन बहुमत पुग्ने भएकाले  कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभाको विघटन गर्ने‚ संविधान मिच्नेजस्ता जघन्य प्रकृतिका काम ओली सरकारले गरेकाले ओलीको नेतृत्वको सरकारमा भने नजाने उनले बताए ।

‘केपी शर्मा ओलीको नेतृत्वको सरकारमा हामी जान्नौँ,’ कोइरालाले भने, ‘ओलीको सरकारले केही काम गर्न सकेन । माखो समेत मार्न सकेको छैन ।’ उनले एक हप्तादेखि १० दिनभित्रमा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । कोइरालाले कांग्रेस नेतृत्वको सरकारले मंसिरमा प्रतिनिधि सभाको चुनाव गराउनेसमेत बताए ।

प्रतिक्रिया