एकीकरण गर्ने भए नयाँ नाम र चुनाव चिह्नसहित १५ दिनभित्र आउनू : आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई खारेज गर्दै नयाँ दलका रुपमा अघि बढ्न १५ दिनको समय दिएको छ ।

आयोगका पदाधिकारीको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निर्णयसहित उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्रबिचको एकीकरण बदर भएकाले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आयोगमा निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

साथै आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी निर्णयसहित एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिन सक्नेगरी जानकारी गराउने निर्णय गरिएको आयोग श्रोतले जनाएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977062445″ /]

प्रतिक्रिया