दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

काठमाडौं । विपक्षी नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक जनसंगठनको कार्यालय, पेरिसडाँडामा शुरु भएको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई बताइन् ।

आइतबारको सर्वोच्च अदालतको फैसलासँग असन्तुष्ट यो समूहले अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक डाकेको नेतृ शाक्यको भनाइ छ । ‘बैठकमा समसामयिक विषयमा नै छलफल हुन्छन्,’ शाक्यले भनिन्, ‘बैठकपछि नै पूर्ण रुपमा थाहा हुन्छ ।’

नेकपा नाम ऋषि कट्टेलको भएको सर्वोच्चको फैसलापछि यो समूहले स्थायी कमिटीको बैठक बोलाएको हो । यसअघि सोमबार बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो ।

यो समूहले सर्वोच्चको फैसलालगत्तै आइतबार नै संविधानविद् र कानूनविद्हरुसँग परामर्श गरेको थियो । कानूनविद् तथा संविधानविद्हरुले सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया