सिरिसे भिरबाट लडेर एक युवाको मृत्यु

ईलाम । ईलामको सुर्योदय नगरपालिका–१४ का २० वर्षीय विवेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ ।

ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया