कर्नाटकमा गौहत्या गरे १० वर्षसम्म जेल !

काठमाडाैं । भारतकाे कर्नाटकमा गौहत्याविरूद्धकाे कानून साेमबारदेखि लागू भएको छ । राज्य सरकारले ल्याएकाे अध्यादेश कार्यान्वयन भएपछि राज्यमा गाई मार्न पूर्ण प्रतिबन्ध लाग्ने जनाएको छ ।

कानून नमान्नेका लागि सजाय समेत ताेकिएकाे छ । अध्यादेशमा गाैहत्या गर्नेलाई तीनदेखि सात वर्षसम्मकाे जेल सजाय र ५० हजारदेखि ५ लाखसम्म जरिवानाकाे प्रावधान छ ।

साेही अपराध दाेहाेर्याएमा सात वर्षकाे जेल सजाय र १ देखि १० लाखसम्म जरिवाना हुने प्रावधान छ ।

प्रतिक्रिया