जसपाले संसद विघटनविरुद्ध सुनसरीमा विराेध कार्यक्रम गर्ने

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । जनता समाजवादी पार्टीले आगामी माघ ३ गते सुनसरीको धरानमा दाेस्राे चरणकाे कार्यक्रम गर्ने भएकाे छ ।

पार्टीले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीमा पत्रकार सम्मेलन गर्दै संसद विघटनकाे विराेधमा चरणबद्ध कार्यक्रम गर्न लागिएकाे जानकारी गराएकाे हाे ।  कार्यक्रम धरानको भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा हुने जसपाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि जसपा यसकाे विराेधमा सडक संघर्षमा उत्रिएकाे हाे । प्रधानमन्त्रीकाे कदम असंवैधानिक, अलाेकतान्त्रिक भएकाे भन्दै  देशैभरी १५ वटा सहरमा जनप्रर्दशन गर्ने कार्यक्रम अनुसार नै सो कार्यक्रम हुन लागेको पार्टीका केन्द्रीय सदस्य भिम राईले जानकारी दिए ।

यसअघि पुस २५ र २७ गते पनि जसपाले विभिन्न विराेधका कार्यक्रमहरू गरिसकेकाे छ । धरानमा पनि वरिष्ठ नेता अशोक राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, परशुराम बस्नेत लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयाेजक सुनिता मरिकले जानकारी दिइन् ।

त्यस्तै मरिकले आगामी बैशाख १७ र २७ गते प्रधानमन्त्रीले घोषणा गरेको असबैधानीक कदमको बिरोध गर्न समेत जनतालाई सो कार्यक्रममा सहभागी भईदिनहुन आग्रह पनि गरेकी छिन ।

प्रतिक्रिया