३० भन्दा बढि कलाकारहरु रहेको ‘त्यही सच्चा नेपाली’ पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक

काठमाडौं । आज २९९ औं पृथ्वी जन्म जयन्ती । पृथ्वी जन्यती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘त्यही सच्चा नेपाली’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । उक्त गीतमा देविका बन्दना र राजन इशानको स्वर, आनन्द अधिकारीको शब्द र राजनकै संगीत रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय देख्न सकिन्छ ।

उक्त गीतको म्युजिक भिडियोमा सस्कृतविद्ध सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर,राजाराम पौडेल,निर्मल शर्मा, दीपाश्री निरौला, दिनेश डिसी, प्रशान्त ताम्राकार,दीलिप रायमाझी,नम्रता सापकोटा, निराजन प्रधान, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपाशाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल, गायिका देविका बन्दनालगायतका कलाकारको अभिनय रहेको छ ।

यो गीतलाई रोशनी केसीले निर्देशन गरेकी हुन् । उनले ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्रलगायतका स्थानमा भिडियोको छायाँकन गरेकी हुन् । रामशरण उप्रेतीले खिचेकाे यस म्युजिक भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेकाे छ भने, अर्जुन जीसीकाे सम्पादन रहेकाे छ । यस गीतको भिडियोलाई चिजकुमार श्रेष्ठले लगानी गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया