अमेरिका ठूलो शत्रु भन्दै उत्तर कोरियाद्वारा परमाणु र सैन्य क्षमता विस्तारको घोषणा

एजेन्सी । अमेरिका ठूलो शत्रु भन्दै उत्तर कोरियाले परमाणु तथा सैन्य क्षमता विस्तारको घोषाणा गरेको छ ।

त्यहाँका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताउँदै सैन्य क्षमताको विस्तार गर्ने घोषणा गरेका हुन् ।

सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमको तर्क छ ।

सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता विस्तार गर्ने पनि घोषणा गरेका छन् ।

न्यूक्लियर सबमरिन बनाउने योजना लगभग पूर्णता पाउने अवस्थामा पुगेको उनले बताए ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने बेला हुँदै गर्दा नेता किमको टिप्पणी आएको हो ।

प्रतिक्रिया