ओलीविरुद्ध आक्रामक बन्दै प्रचण्ड-नेपाल समूह, थप रणनीति तय गर्न डाक्यो बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको बैठक बस्दैछ । काठमाडौंमा उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक मध्यान्न पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध अब कसरी अगाडि बढ्ने भन्नेबारे थप रणनीति तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठकपछि दिउँसो १ बजे नेकपा केन्द्रीय सङ्घर्ष समितको बैठक बस्नेछ । दुवै बैठकपछि ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड-माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो । प्रचण्ड-माधव समूहले आन्दोलन परिचालन गर्न प्रवक्ता श्रेष्ठको नेतृत्वमा समिति नै गठन गरेको छ ।

प्रतिक्रिया