जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका-७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङतानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तेस्तै, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१४ धापखर्क बस्ने २१ वर्षीय अशोक भन्ने एक बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया