मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

चौरसिया हत्या प्रकरण : नेकपाका नेतासहित १२ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडाैं । सत्तारूढ नेकपाकाे पर्साका कार्यकर्ता मुकेश चाैरसिया हत्या प्रकरणमा नेकपाका नेतासहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ । जिल्ला सरकारी वकिल कार्यालय पर्साले १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको हाे ।

पर्साको बिन्दबासिनी गाउँपालिकाका सचिव चौरसियाको गत कात्तिक ६ गते पार्टीको सपथ कार्यक्रममा झडप हुँदा हत्या घाइते भएका थिए । उपचारका क्रममा बिहीबार उनकाे मृत्यु भएकाे थियाे ।

घटनामा संलग्न व्यक्तिको नाम समेत राखेर किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी समेत लिन मानेकाे थिएन । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साले मुद्दा दर्ता गरेको हाे । वकिल कार्यालयले मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ ।

नेकपाका नेता राजकुमार गुप्तासहित १२ जना जनामाथि मुद्दा दर्ता भएको बताइएकाे छ । गुप्ता पूर्वसंविधान सभा सदस्य हुन् । उनी केपी ओलिनिकट नेता मानिन्छन् । आक्रमण गर्ने दुई जना घटनालगत्तै उनको घरबाट पक्राउ परेका थिए । त्यसैले उनीमाथि मुख्य याेजनाकारकाे आरोप लागेकाे छ ।

प्रतिकृयाहरु
Loading...