मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरिएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा २८२ बमोजिम आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञतिमा उल्लेख छ ।

प्रतिक्रिया