कर्णाली विवाद : प्रचण्ड र नेपाल छलफलमा

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच कर्णाली विवादबारे छलफल जारी छ । बुधबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएकाे हाे ।

हिजो अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । विना निष्कर्ष दुईबीचको छलफल टुंगिएको थियो । दुवैको सचिवालयले फरक फरक अभिव्यक्ति जारी गरेको थियो । यसले दुवै बिचको विवाद सतहमा ल्याएको थियो ।

अहिले प्रचण्ड र नेपाल विवाद समाधानका लागि छलफलमा जुटेका हुन् । छलफलमा कर्णाली प्रदेशका नेताहरु र सरकारका मुख्यमन्त्री सहितका केही सांसदहरु समेत सहभागी छन् ।

गत  कात्तिक २५ गते कर्णालीको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध ओली र नेपाल पक्षीय सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसयता त्यहाँकाे विवाद समाधानका लागि प्रचण्ड सक्रिय भएर लागेका छन् ।

प्रतिक्रिया