नेपाल-भारत सीमा नजिक भूकम्प

काठमाडाैं । झापाकाे बाहुनडाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भूकम्प गएकाे छ ।

शुक्रबार बिहान साढे ९ बजे उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ ।

यसअघि बुधबार धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

प्रतिक्रिया