केराले हुनसक्छ यी ५ बेफाइदा, खाली पेटमा लसनु खानुकाे छन् फाइदै फाइदा

एजेन्सी । स्वास्थ्यवर्द्धक फलफुल प्रजातिमा पर्छ केरा । यसले शरीरमा फाइदा त पुर्याउँछ नै साथै धेरै खाएमा बेफाइदा समेत पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायट केरा हरेक दिन १ वा २ वटा दिन सकिन्छ । यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छन् । तर, आवश्यकताभन्दा बढी केरा खाँदा मुख्यतया यी ५ बेफाइदा हुन सक्छः

कब्जियत

केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ । तर केरा थोरै मात्रै काँचो भएमा त्यसले कब्जियत गराउन सक्छ । पखाला लाग्दा चिकित्सकहरुले केरा खाने सल्लाह दिन्छन् । यसको मतलब केराले दिशा साह्रो बनाउने काम गर्छ । त्यसैले काँचो केरा नखाने र पाकेको पनि धेरै मात्रामा खान हुँदैन ।

मोटोपना

केरामा फाइबरको साथसाथै प्राकृतिक रुपमा चिनिको मात्रा पनि हुन्छ । त्यसैले केरा र दूध खाँदा तौल बढ्छ । त्यसैले अधिक मात्रामा केरा खाएमा यसले शरीरमा अनावश्यक तौल बढाउने काम गर्छ ।

एसिडिटी

खाली पेटमा केरा खाएमा पेटमा दुखाई सुरु हुन्छ । केरामा स्टार्च भन्ने पदार्थ पाइन्छ । जसलाई पचाउँन लामो समय लाग्छ । त्यसैले धेरै केरा खाएमा पेट दुख्ने र केरा राम्रोसँग नपाकेको भएमा बान्ता पनि हुनसक्छ ।

मधुमेह

मधुमेह भएका बिरामीहरुले केरा धेरै सेवन गर्नुहुँदैन । प्राकृतिक रुपमा नै चिनिको मात्रा पाइने हुनाले यसले शरीरमा चिनिको मात्रा बढाउँछ र टाउको दुख्ने वा निन्द्रा नलाग्ने समस्या आउन सक्छ ।

दम

चिनि र स्टार्चको मात्रा बढी हुने भएकाले केराले दाँतमा दुर्गन्ध पैदा गर्छ । यस्तै, केरामा एमिनो एसिड टाइरोसिन पाइन्छ जुन शरीरभित्र पुगेर टायरामाइनमा परिवर्तन हुन्छ । टायरामाइनले माइग्रेनलाई बढाउँछ । जो मानिसलाई दमको समस्या छ, ति व्यक्तिहरुले केरा खान हुँदैन । यसले सुन्निने र एलर्जी हुने समस्या पैदा गर्छ ।

त्यस्तै हाम्राे दैनिक खानामा समावेश हुने मसलामा पर्छ लसुन । यसले थुप्रै रोगहरुबाट पनि बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम चिकित्सकहरू बताउँछन् ।

यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ र शरीरलाई उर्जा पनि प्रदान गर्छ । बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन् । यसैगरी, रगतमा चिनीको मात्रा समेत नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लागि राहत मिल्छ ।

यसैगरी, लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ । यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ ।

यसैगरी, नसाको विरामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन । लसुनले रक्तसञ्चार नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापका विरामीले खानी पेटमा लुसन खानुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *