सिन्धुपाल्चोक पहिरो अपडेट : बेपत्ता हुनेहरुको पहिचान खुल्यो

काठमाडौं । गएराति परेको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको पहिचान खुलेको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकैघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

एउटा विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *