भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखियो

चैत्र २०, धनगढी । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कडाउन गरिएपछि नेपालमा अलपत्र परेका भारतीयहरुलाई धनगढीमा क्वारेन्टाइनमा राखिएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका ४३ जना भारतीय नागरिकहरुलाई धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । धनगढी उपमहानगरपालिकाले स्थानीय प्रशासन, नेपाल–भारत मैत्री संघसँग समन्वय गरेर भारतीय नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको हो । 

भारतको लखनउ, बरेली, पलियालगायतका विभिन्न ठाउँका बासिन्दालाई क्वारेन्टाइनमा राखिएको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।   

नेपाल र भारतमा अलपत्र परेका एक अर्काका नागरिकलाई व्यवस्थापन गर्ने दुई देशको सहमतिअनुसार सुदूरपश्चिममा रहेको भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख वडले बताए । उनले भारतीय नागरिकलाई खाने बस्ने समस्या नपर्ने गरि व्यवस्थापन गरिएको बताए ।   

उनले भारतमा दुःख पाइरहेका नेपालीहरुको व्यवस्थापनका लागि पनि भारतले व्यवस्थापन गरिरहेको बताए । समस्यामा परेका सबै नेपालीलाई व्यवस्थापन गर्नका लागि नेपालले भारतसँग समन्वय जारी राख्नुपर्ने बताए । नेपाल सरकार र भारत सरकारबीच भर्खरै नेपाल र भारतमा रहेका अलपत्र नागरिकलाई व्यवस्थापन गर्ने सहमति भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *