फ्रान्सका छ सय सेनामा कोरोना संक्रमण

चैत्र २२, काठमाडौं। फ्रान्सका ६ सय सेनामा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएको छ। शनिबार फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले ६ सय सेनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्। 

फ्रान्स कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रमध्ये एक हो। त्यहाँ हालसम्म ८२ हजार १६५ जना कोरोनाका कारण बिरामी परेका छन्। ६ हजार ५०७ को त्यहाँ मृत्यु भइसकेको छ। फ्रान्सको मृतक संख्या कोरोनाको उत्पत्तिस्थल चीनमा भन्दा बढी हो। 

चीनमा कोरोनाले हालसम्म ८१ हजार १६५ बिरामी परेका छन्। त्यहाँ ३३ सय २६ को मृत्यु भइसकेको छ। -एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *