धरानको पशुफर्ममा आगलागी, १५ लाख बराबरको क्षति

चैत्र २१, सुनसरी । जिल्लाको धरानस्थित एक पशुफर्ममा आगलागी भएको छ ।  

आज (शुक्रबार) दिउँसो २ बजे धरान–१५ स्थित बगरकोट नजिकै गोविन्द मार्गमा रहेको स्थानीय कविता लिम्बुको ‘मनिषा पशु फर्ममा’ आगलागी भएको हो ।  

आगलागीमा परी ३२ वटा बाख्रा र सुंगुरका पाठाहरु मरेको सञ्चालक कविता लिम्बुले जानकारी दिइन् । उनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  

आगलागी स्थानीय बसिन्दा, धरान उपमहानगरपालिकाको बारुण यन्त्र तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन् ।  

आगलागी के कारणले भएका हो भन्ने विषय अहिलेसम्म खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *