अष्ट्रेलियामा रहेका विद्यार्थीलाई एक्सपर्टले १ लाख ५० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने

चैत्र ३०, काठमाडैं । अष्ट्रेलियामा रहेका विद्यार्थीलाई एक्सपर्ट फाउण्डेसनले  १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि अष्ट्रेलियमा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई १ लाख ५० हजार सहयोग गर्ने भएको हो ।   

कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा रहेका विद्यार्थीको सहयोगार्थ एक्सपर्ट फाउण्डेसनले सहयोग कोष स्थापना गरेको छ । दुई लाख अष्ट्रेलियन डलरको रकम जम्मा गरेर एक्सपर्टले नेपालीमात्र नभई अन्य देशका समस्याग्रस्त सबै विद्यार्थीलाई सहयोग बताएको छ । अष्ट्रेलिया अध्ययनरत नेपाली विद्यार्थीहरु आफ्नो पहिलो दायित्व भएको भन्दै नेपाली विद्यार्थीका लागि एक लाख ५० हजार सहयोग गरिने फाउण्डेसनले जनाएको छ । 

अन्य देशका विद्यार्थीहरुका लागि बाँकी ५० हजार डलर छुट्याइएको बताइएको छ ।   

पल्लिो ६ महिनायता अष्ट्रेलिया पुगका विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित हुने भन्दै फाउण्डेसनले उनीहरुलाई पहिलो प्राथमिकतामा राखेको हो । ती विद्यार्थी र तीनका डिपेन्डेन्टहरु अहिले कामबिहीन छन् । कतिलेत कामै पाएका थिएनन् भने कतिपय विद्यार्थी लकडाउन पनि बेरोजगार भएका छन् । 

एक्सपर्ट उच्च शिक्षामा विदेश जाने विद्यार्थीको परामर्श र सेवामा क्रियाशिल संस्था हो ।  सामाजिक उत्तरदायित्व अन्तर्गत एक्सपर्टले खेलकुदमा पनि ठूलो सहयोग गर्दै आएको छ ।   

समस्याग्रस्त विद्यार्थीले आफ्नो नाम दर्ता गर्न पनि फाउण्डेसनले अनुरोध गरेको छ । दर्ता गर्नका लागि  यो https://eevs.co/covid19-assistance  लिंकमा क्लीक गर्न सकिनेछ । यस्तै कुनै सल्लाहको अवस्यकता परेको अवस्थामा इमेल  [email protected] गर्न पनि आग्रह गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *