संकटमा परेका नागरिकको उद्धार गर्न धुर्मुसले सार्वजनिक गरे यी दुई सम्पर्क नम्बर

वैशाख ९, काठमाडौं । हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले सर्वसाधारण नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू पनि लकडाउनको पालना गर्दै घरैमा बसेको जानकारी गराउँदै उनले लकडाउनको पालना गर्न सबैमा आग्रह गरेका हुन् ।  

उनले फेसबुकमा लेखेका छन्– ‘यो संकट तथा महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो । हामी पनि लकडाउनको पालना गरी घरबाट नै विभिन्न सन्देशमुलक सामग्रीहरु बनाइरहेका थियौँ ।’ 

कबड्डी ३' निर्देशक रामबाबु गुरुङले ...

कोरोना संक्रमणका कारण लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट सिर्जना भएको भन्दै उनले धुर्मुस सुन्तली फाउण्डेसन मार्फत पनि राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय भएको पनि जानकारी दिए । उनले संकटमा परेकाहरुका लागि दुई मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन् ।  

‘अब यो समयमा सबैजना मिलेर मानविय धर्म पनि निर्वाह गर्नुपर्छ । हामीले पनि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं’, उनले भनेका छन्– ‘यो विषम परिस्थितिमा कोही अभाव तथा संकटमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । विपतमा पर्नुभएकाहरुलाई सहयोग गर्न र समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौँ । सम्पर्कका लागि फोन नं. ९८४१७२१४१४/९८४२६८६४००) 

धुर्मुस सुन्तली फाउण्डेशनको अभियानमा यतिबेला चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण भइरहेको छ । यद्यपी लकडाउनका कारण अहिले त्यहाँको काम रोखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *