कोरोना भाइरस : आइसोलेसन वार्डमै २५ वर्षीय गर्भवती महिला बलात्कृत

चैत २९, भारत । कारोना भाइरस संक्रमण पछि आइसोलेसन वार्डमा राखिएकी २५ वर्षीय गर्भवती महिला बलात्कृत भएकी छन् । भारतको गया जिल्लास्थित अनुराग नारायण महत अस्पतालमा गर्भपतन गराउन गएकी उनमा कोरोनाको संक्रमण देखिएको हो । कोरोना संक्रमण देखापर्दा युवतीलाई आइसोलेसन वार्डमा राखिएको थियो । 

उनलाई अस्पतालमा केही दिन मात्रै राखियो र परिक्षण पश्चात युवतीमा कोरोनाको संक्रमण नभएको भन्दै उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएतापनि गरेपनि उनको रगत बग्ने क्रम भने जारी नै थियो । अत्याधिक रगत बगेको कारण उनको ६ अप्रिलमा मूत्यु भयो । 

ती युवतीले मृत्युको अन्तिम क्षणमा आफूमाथि चिकित्सकले बलात्कार गरेका भन्दै आरोप लगाएकी थिइन् । उनले एिको बयान अनुसार गया प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममाअस्पतालको सीसीटिभी फूटेज नियन्त्रणमा लिएको थियो ।   

उक्त फूटेजमा दुई जना मानिस चिकित्सकको पोशााक लगाई युवती रहेको आइसोलेसन वार्डमा पसेर युवतीको बलात्कार गरेको देखापरेको जनाइएको छ ।   

ती दुवै आरोपीलाई प्रहरीले हिरासतमा लिएको छ । अनुसन्धानको क्रम भने जारी रहेको गया प्रहरीले जनाएको छ ।  एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *