दुई सय घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण

बैशाख ८, जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर ५ का दुई सय घरधुरीलाई १५ केजी चामल तथा ३ केजी दाल राहत वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भयावह स्थिति सिर्जन हुन पूर्व नै खाद्यन्‍न वितरण गरिएको वडाध्यक्ष अर्जुन सिंह कठायत (गोल्डेनले) बताए । 

राहतको नाममा राजनीति नगर्न तथा विपन्न नागरिकको समस्यालाई सबै मिली समाधान तर्फ लाग्न आग्रह गर्दै नगर प्रमुख कान्तिका सेजुवालले स्थानीयहरूलाई नआत्तिन र केही समस्या भए आफूलाई सम्पर्क गर्न आग्रह समेत गरेकी छन् । 

थप १५ दिन लगडाउन थपिए आफ्नो चुलोमा आगो बल्न समेत कठिन हुने भएको भन्दै स्थानीय छिरिङ गुरूङले वडाध्यक्ष कठायतलाई धन्यावाद समेत दियकी छन्। 

राहत वितरण खास लक्षित वर्गसम्म पुगेको र राहत वितरणमा तेरो र मेरो नभनी निस्पक्ष भएकोमा स्थानीय, देवकी सुनार खुसी हुँदै भन्छिन अब आत्तिने अवस्था छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *