सीजीका घरायसी सामानहरुको वारेन्टी अवधि थपियो

२०७६ चैत २७ गते

चैत्र २७, काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले घरायसी सामानहरुको वारेन्टी अवधि थप गरेको छ ।
कोरोना भाइरसले सृजना गरेको परिस्थितिका कारण सीजीले आफ्नो ब्राण्डहरु एलजी, सीजी, जीओडीआरइजे, टीसीएल, एसइएनएसइआई तथा अन्य घरायसी सामानहरुको वारेन्टी अवधि थप गरेको जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९)का कारण नेपाल सरकारले थप गरेको लकडाउनको अवधिलाई मध्यनजर गर्दै ग्राहकहरुको समस्यालाई ध्यान दिई २० मार्च देखि ३० अप्रिलसम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामाग्रीहरुको म्याद ३१ मे सम्मका लागि थप गरीएको कम्पनीले जनाएको छ ।

२०७६ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित