चितवनको ग्यास उद्योगभित्र एक पुरुषको शव फेला

सांकेतिक तस्विर 

चैत्र २४, चितवन । चितवनको ग्यास उद्योगभित्र एक पुरुषको शव फेला परेको छ ।  

खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित नेपाल ग्यास कम्पनीको हाताभित्र आइतबार एक पुरुषको शव फेला परेको हो ।  

उद्योगभित्र भौतिक संरचनाको काम भइरहेको र त्यसको लागि ठेकदार मार्फत् काम गर्न आएका बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका बर्ष ४६ को शखिचन महराको शव फेला परेको प्रहरीले जनाएको छ ।  

घटनाको प्रकृती हेर्दा हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *