कोरोना प्रकोप : फ्रान्समा एकैदिन ८३३ को मृत्यु, चीनमा दैनिक मृत्युको संख्या शून्य

चैत २५, काठमाडौं । विश्वर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण फ्रान्समा एकैदिन ८ सय बढीको मृत्यु भएको छ ।   

त्यहाँ सोमबार मात्रै एकैदिन ८ सय ३३ जनाको मृत्यु भएको हो । फ्रान्समा महामारी सुरु भएयता एकैदिन यतिधेरै संख्यामा मृत्यु भएको हो । योसँगै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ भने संक्रमित ९८ हजार १० जना पुगेका छन् ।   

यता चीनमा भने कोभिड-१९बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट कसैको पनि मृत्यु नभएको पाइएको हो । 

null

वुहानमा लगाइएको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरिरहेको अवस्थामा चीनमा भाइरसबाट दैनिकरुपमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो । मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् ।   

चीनको नेशनल हेल्थ कमिशनका अनुसार अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिसहरु हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *