लकडाउन उल्लंघन गर्ने ८६० जना प्रहरीको ‘होल्ड’मा

चैत ३०, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको ‘लकडाउन’ उल्लंघन गर्दै आज विहानै उपत्यकाका सडकमा निस्किएका एक साढे ८ सय भन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिई ‘होल्ड’ गराएको छ । 

बिहान ७ बजेसम्ममा काठमाण्डौबाट ७३७ जना, ललितपुरबाट १२० जना र भक्तपुरबाट तीन जना गरी ८६० जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । 

साधेपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ । प्रहरीका अनुसार ३५ वटा मोटरसाइकल पनि होल्ड गरिएको छ । मोटरसाइकल भने बेलुकी मात्रै छाड्ने गरिएको छ । लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणका लिएर तीन घण्टा सडकमै उभ्याउँदै कोरोनाको बारेमा शिक्षा दिएर मात्रै छाड्ने गरेको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *