कोरोना अपडेटः शुक्रबारसम्म १२७७ जनाको परिक्षण, १२० जना आइसोलेसनमा

चैत्र २१, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा शुक्रबारसम्म १ हजार २७७ को परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज (शुक्रबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।  

उनका अनुसार देशभर १२० जना कोरोनाको आशंकामा आइसोलेसनमा रहेका छन् । परीक्षण गरिएकामध्ये १ हजार २ सय ७१ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने हालसम्म ६ जना संक्रमित छन् । जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् ।  

धरान, पोखरा, हेटौँडा, जनकपुर र सुर्खेतमा परिक्षणको काम भइरहेको छ। बुटवलमा भने कोरोना परिक्षणको पोर्टेबल पीसीओरा जोड्ने काम भइरहेको छ ।  

त्यस्तै स्वास्थ्य मन्त्रालयको मोबाइल एप्समा कोरोना परिक्षणका लागि पाँच हजार ६२६ ले फारम भरेको पनि उनले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *