विराटनगरकाे भाटभाटेनीले उपभोक्तालाई ठग्यो

चैत्र २८, विराटनगर । विराटनगरको भाटभानी सुपर मार्केटले तोकिएको बजार मूल्यभन्दा बढीमा उपभोक्तालाई बिक्री गरी ठगेको पाइएको छ ।

बिहीबार भाटभाटेनीले बिक्री गरेको भारतीय कम्पनी आमुल ब्राण्डको दुई सय ग्राम बटर तोकिएको मूल्य भन्दा २ सय २१ रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको हो ।

भाटभाटेनीले बिक्री गरेको बटरको अधिकतम बिक्री मूल्य (एमआरपी) २ सय ३५ भारतीय रुपैयाँ छ । उक्त बटरको मूल्य नेपाली बजारमा ३ सय ७६ रुपैयाँ हुन्छ । भाटभाटेनीले भने ५ सय ९७ रुपैयाँमा बिक्री गरेको पाइएको हो ।

बिहीबार बिराटनगरका एकजना उपभोक्ताले भाटभाटेनीबाट २ सय ग्राम बटर खरिद गरेका थिए । जब उनी घर पुगेर बटरको मुल्य हेर्दा २ सय २१ रुपैयाँ बढी लिएको थाहा पाएको उनले बताए ।

हालको लकडाउनको अवस्थालाई मध्यनजर गरेर थोरै समयमा किनमेल धेरै गर्नुपर्ने भएकाले मूल्यमा ध्यान नगएको र घरमा आएर हेर्दा बिर र एमआरपीमा धेरै अन्तर पाएको उनको भनाई छ ।

यता भाटभाटेनी मार्केट विराटनगरका व्यवस्थापक सरिता राईले भने २ सय ३५ रुपैयाँ आइसी (भारतीय मुद्रा) मूल्य तोकिएको भए पनि त्यसमा मूल्य अभिवृद्धि कर, भन्सार लगायत अन्य कर जोडिएका कारण उक्त बटरको मूल्य ५ सय ९७ कायम रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *