कोरोनाबारे जानकारी दिन पत्रकार सम्मेलन

चैत्र १०, काठमाडौं। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन्। नेपालमा कोरोना भाइरस (कोभिड–१९)को अवस्थाबारे जानकारी दिन स्वास्थ्य मन्त्रीले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका हुन्।   

अहिले स्वास्थ्य मन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने सचिवालयले जानकारी दियो। ‘अहिले मन्त्रालयमा छलफल चलिरहेको छ। पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ,’ सचिवालयले भन्यो। 

सरकारले सोमबारदेखि उच्च सतर्कता अपनाएको छ। भारत र चीनसँगका सबै सीमानाका बन्द गरिएको छ। लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ। स्वास्थ्य मन्त्रालयले थप निर्णय गर्ने र त्यसको जानकारी पत्रकार सम्मेलनमार्फत गर्न लागेको बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *