५० शैय्याका अस्पताललाई अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न निर्देशन

चैत्र ७, काठमाडौं । कोरोना भाइसरका कारण काठमाडौँका ५० वा सोभन्दा बढी शैय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसान्तसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। 

तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न मन्त्रालयले निर्देशन दिएको हो।  

मन्त्रालयले १५ बुँदे निर्णय गर्दै चैत्र मसान्तसम्मका लागि सो निर्णय गरेको हो ।   

त्यस्तै मन्त्रालयले संकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन पनि दिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *