अर्थ र सञ्चारमन्त्रीमा युवराज खतिवडा पुनः नियुक्त

फागुन २१, काठमडौँ । डा. युवराज खतिवडा मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्टै मन्त्री पदमा पुनः नियुक्त भएका छन् ।   

राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि डा. खतिवडाले मङ्गलबार अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनमा दिएका थिए । 

बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम उनलाई  मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ । 

राष्ट्रियसभा सदस्यमा दोहोर्याउने प्रधानमन्त्रीको चाहान पुरा हुन नसकेपछि खतिवडालाई पुनः मन्त्रीमै नियुक्त गरिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *