डिशहोममा आउँदै छ फरक धारको रियालिटी शो –सुनौलो तारा


चैत्र २, काठमाडौं । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभा लाई उजागर गर्न फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ ।
नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी वालवालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।
डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागि उपलव्ध गराईएको छ ।
शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने छन् ।
